अपडेट 
२०७९ भाद्र २६, आईतवार ०८:४०

राजविराज । रक्तदान कार्यक्रमको आयोजना गर्दै जनमत पार्टी निकट युवा जनमत संघ सप्तरीले शहीद राममनोहर यादवप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गरेको छ ।

राजविराजस्थित पार्टी कार्यालयमा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरी शहीद यादवप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गरिएको छ । रक्तको अभावमा कसैको पनि ज्यान नजाओस् भन्ने उद्देश्यले शहीद यादवको पुण्य तिथिको अवसर पारेर उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको युवा जनमत संघ सप्तरीका अध्यक्ष नरेश अधिकारीले बताए । कार्यक्रममा सहभागिहरुले सो अवसरमा शहीद यादवको योगदान बारे चर्चा गर्दै श्रद्धाञ्जली अर्पण गरे । कार्यक्रममा जनमत पार्टीका यूवा नेता सतिश सिंह, केशव मंडल, मनोज मंडल, ललित कुमार यादव लगायत ३१ जनाले युवाहरुले रक्तदान गरेको युवा जनमत संघ सप्तरीले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News