२०७९ भाद्र २६, आईतवार ०९:१५

मुख्यमन्त्री लालबाबु राउतले दक्षिण कोरियामा रहेका मधेशी युवाहरुलाई मधेशमा लगानी गर्न आग्रह गर्नु भएको छ ।

मधेशी समाज दक्षिण कोरियाले आज आयोजना गरेको दक्षिण कोरियाबाट तराईमा हुन सक्ने लगानी सम्भाव्यता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अनलाइन मार्फत प्रमुख अतिथिको आसन बाट बोल्नु हुँदै मुख्यमन्त्री राउतले सो आग्रह गर्नु भएको हो ।

मधेशमा लगानी गर्न सकिने क्षेत्रहरुमा कृषि , पर्यटन , उद्योग र शिक्षाको क्षेत्र वृहत सम्भावना रहेको प्राथमिकतामा क्षेत्र रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले लगानीको वातावरण निर्माणमा गर्ने जिम्मेवारी प्रदेश सरकारको रहेको बताउनु भयो । उहाँले भन्नु भयो ,‘ आफनो माटो प्रति तपाईहरुले देखाउनु भएको सदभाव अनुकरणीय छ । मधेश सरकारको तर्फ बाट तपाईहरुलाई धन्यवाद दिन चाहन्छु । आउनु यहाँ लगानीको वातावरण हामी दिन्छौ । समृद्ध मधेश निर्माणको बाटोमा यहाहरुको सहयोगको अपेक्षा हामीले गरेका छौ ।

प्रदेश सरकारले उद्योग ऐन मार्फत लगानीको वातावरण सुनिश्चित गरि सकेको उहाँको कथन थियो । कार्यक्रममा दक्षिण कोरियामा रहेको १ सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News