
नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिको विरोधमा नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पस अघि गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
आइतबार क्याम्पस अगाडी नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिको पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रहरीले हस्तक्षेप गरेपछि विद्यार्थी र प्रहरीबिच झडप भएको थियो । प्रहरी र विद्यार्थीबिच ढुंगा हानाहान भएपछि सो क्षेत्रको यातायात केहिबेर अवरुद्ध भएको थियो भने झडपका क्रममा केहि बिद्यार्थी घाइते भएका छन् । बिद्यार्थीहरुले नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न माग गर्दै नारावाजी गरेका थिए ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=ZPWPOg7YOrg