अपडेट 
२०७९ भाद्र २६, आईतवार १४:३१

गठबन्धन दलको बैठक सोमबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतबार) बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि सोमबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको हो।

बैठकपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आइतबारको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भएको र उक्त प्रतिवेदनबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताउनुभयाे । खनालले भन्नुभयाे, ‘अधिकाँश विषयका बारेमा भोलि बिहान बस्ने बैठकमा टुंगो लाग्छ।’

हिजाे (शनिबार) बसेको बैठक निष्कर्षमा पुर्याउने भनिएकाे भएपनि बिनानिष्कर्ष टुंगिएको थियो।

Comment

Related News