अपडेट 
२०७९ भाद्र २७, सोमबार ०६:३९

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार जनकपुरधाम आउने भएको छ ।

जनकपुरधाम स्थित तिरहुतिया गाछीमा जिल्ला कमिटीले आयोजना गरेको आमसभामा र बुद्धिजिवी परिषद् को कार्यक्रममा सहभागी हुन ओली जनकपुरधाम आउन लागेको नेकपा एमालेले जनाएको छ । ठुलो समयको अन्तरालमा ओली यस्ता कार्यक्रममा सहभागी हुने जनकपुरधाम आउन लागेका छन् । विहान ११ बजे देखि हुने पार्टी प्रवेश कार्यक्रममा ओली सहभागी हुन आउने जनाइएको छ । सो कार्यक्रममा नेपाली कांग्रेसका नेता संतोष यादवसहित उक्त क्षेत्रका साथै अन्य अन्य पार्टीवाट पार्टी प्रवेश गर्ने कार्यक्रम निर्धारण गरिएको छ । लक्ष्मीनियाँ गाउँपालिका निर्वतमान उपाध्यक्ष इन्द्रकाला देवी र सोही पालिकाको माओवादी केन्द्रका अध्यक्ष सूर्यदेव यादव पनि पार्टी प्रवेश गर्ने तयारीमा छन् । आमसभालाई मध्य नजर गर्दै सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । कार्यक्रमस्थलमा ठुलो पण्डालसहित ठाउँ ठाउँमा ओलीलाई स्वागतसहितको ब्यानर पनि लगाइएको छ ।

please subscribe our official youtube channel and support us.

Comment

Related News

Latest News

Trending News