अपडेट 
२०७९ भाद्र २७, सोमबार ०६:४२

राजविराज । मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले धार्मिक पर्यटन क्षेत्रको विकासले आर्थिक समृद्धिमा टेवा पुग्ने बताएका छन् ।

सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका १ स्थित घोघिदहमा आइतबार धार्मिक पर्यटन क्षेत्र कृष्णासवरन मरौटी प्रवेशद्वारा उद्घाटन गर्दै उनले धार्मिक पर्यटनमा जोड दिएका छन् । कृष्णासवरन मरौटी प्रबेशद्वार उद्घाटन गर्दै मन्त्री साहले धार्मिक पर्यटन क्षेत्रको विकासले आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । विकास गर्नु मन्त्रीहरुको दायित्व भित्र पर्छ, मन्त्री साहले भने, ‘जनताले ठूलो आशको साथ जिम्मेवारी दिएको छ, जनादेशको कदर गर्दै आफूले सक्ने सहयोग गर्नु हाम्रो दायित्व भित्र परेको बताए । मन्त्री साहले विकासमा धेरै पछाडि परेको अग्निसाईर कृष्णासवरन गाउँपालिकाको विकास गर्ने अभिभार आफूले लिएको बताए । उनले पछिल्लो समय अग्निसाईर कृष्णासवरन गाउँपालिकालाई प्रथामिकतामा राखी आफ्नो क्षमताले भ्याएसम्म निरन्तर सहयोग गर्दै आएको बताए । उनले अन्य मन्त्रालयवाट ल्याएर पनि विकास गर्ने अठोट लिएको बतए । उनले सप्तरी सहित मधेश प्रदेशको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कृष्णासवरन मरौटी निर्माण उपभोक्त समितिका अध्यक्ष श्रावण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा कंचनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ता, रुपनी गाउँपालिकाका पूर्व अध्यक्ष एवम जसपा जिल्ला सचिब हरेराम यादव, जसप जिल्ला कोषाध्यक्ष बृजमान तामाङ, अग्निसाईर कृष्णासवरन गाउँपालिका पूर्व उपाध्यक्ष मिना चौधरी, डिभिजन बन कार्यालय सप्तरीका प्रमुख डिएफओ हेमन्त कुमार साह, स्वास्थ्य कार्यालय सप्तरी एवम सामाजिक एकाई शाखा सप्तरीका प्रमुख दुनियाँलाल यादव, नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति भुवन आचार्य, जसपा कंचनरुप नगरपालिकाका अध्यक्ष सुदम्बर यादव, जसपा जिल्ला सदस्य मोतिलाल चौधरी, जसप नेता राज कुमार यादवले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । जसपा जिल्ला सदस्य चित्तरंजन यादवद्वारा संचालित कार्यक्रममा स्वागत अग्निसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले गरे भने दलित विकास समितीका सदस्य श्यामसुन्दर सरदारले धन्यवाद व्यक्त गरे । मधेश प्रदेश उद्योग बन तथा पर्यटन मन्त्रालयको १५ लाखको लागतमा उक्त प्रवेशद्वार निर्माण भएको जसपा जिल्ला सदस्य रामेश्वर चौधरीले जानकारी दिए ।

Comment


Related News