अपडेट 
२०७९ भाद्र २७, सोमबार ०६:४८

नेपाली कांग्रेस मधेश प्रदेश कमिटीले आइतवार उम्मेदवारहरुको नामावली केन्द्रमा पठाएका छन् ।

पठाइएका नामहरुमा हत्याका अभियुक्त आफताव आलमको नाम रहेपनि दुई दुई पटक सांसद भई सकेका अमरेश सिंहको नाम छाटिएको छ । सर्लाही निर्वाचन क्षेत्र नम्वर ४ वाट प्रतिनिधिसभा सदस्य हुँदै आएका सिंहको नाम क्षेत्रवाटनै काटिएको छ । तर, प्रदेश कमिटीले उनको नाम सिफारिस गर्ने जनाएको थियो । गत स्थानीय तहको निर्वाचनमा सिंहले आफ्नै पार्टीका उम्मेदवारलाई हराउन चलखेल गरेको भन्दै उनलाई अनुशासन सम्वन्धी कारवाही गरिएको थियो । तर, प्रदेश कमिटीले उनको नाम सोमवार केन्द्रमा पठाउने जनाएको छ । उनको क्षेत्रवाट पार्टीका महामन्त्री गगनकुमार थापाको एकल नाम सिफारिस गरिएको छ । तर, थापाले आपूm काठमाण्डुवाटनै निर्वाचनमा भाग लिने स्पष्ट पारि सकेका छन् । क्षेत्र र जिल्लाले आफ्नो नाम सिफारिस नगरेपछि सिंहले प्रदेशमा निवेदन दिएका थिए । सर्लाही–४ बाट आफू निर्वाचित हुँदै आएको र अहिले पनि आफ्नो नाम सिफारिस गर्नुपर्ने भन्दै अमरेशकुमार सिंहले निवेदन दिएका थिए । तर, उनको निवेदनमाथि कुनै कारबाही गरिएको छैन् ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोपमा कांग्रेस सर्लाहीले अमरेशकुमार सिंहलाई अनुशासनको कारबाही गरेको थियो । तर, हत्याका अभियुक्त आफताव आलमको नाम सिफारिस गरिएको छ । पार्टीका महामन्त्री गगन थापाले कांग्रेसले अपराधिक गतिविधिमा मुछिएकाहरुलाई उम्मेदवार नवनाउने बताइ सकेका छन् । कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीमा हत्याका आरोपीहरुलाई उम्मेदवार बनाइएको तर, कुनै दोष नरहेकाहरुको नाम सिफारिस नगरिएको प्रति पार्टी भित्रनै नेता कार्यकर्ताको आलोचना खेपी रहनु परेको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=ZPWPOg7YOrg

Comment


Related News

Latest News

Trending News