२०७९ भाद्र २७, सोमबार १४:३८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु संक्रमणको जोखिम कम गर्न कर्मचारीलाई विशेष अनुरोध गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य लगाउन अनुरोध गरिएको छ।

प्रायः दिनको समय, विषेशगरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने भएकोले यसको टोकाईबाट बच्नु नै उत्तम उपाय हुने मन्त्रालयले जनाएको छ।

डेंगुको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा यो रोग सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तिब्र बनाइएको भन्दै मन्त्रालयले डेंगु रोगको बारेमा सन्देशमुलक सूचना सामाग्रीको प्रकाशन र प्रसारण भइरहेको र डेंगु नियन्त्रणको उपायका बारेमा विशेषज्ञहरूसँग नियमित परामर्श बैठक र विभिन्न सरोकारवालासँग छलफल र समन्वयात्मक प्रयासहरु गरिएको  जनाएको छ।

2221662971686.jpg

Comment

Related News

Latest News

Trending News