अपडेट 
२०७९ भाद्र २७, सोमबार १५:०७

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने सपना एमाले नेतृत्वको सरकारले मात्र पुरा गर्न सक्ने बताउनुुभएको छ ।

जनकपुरधाममा सोमबार नेपाल बुद्धिजीवी परिषदको प्रथम मधेस प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ओलीले गठबन्धनले देशलाई पछाडि पुर्याएको र नेपालीले देखेको सपना ‘समृद्ध नेपाल र सुखी नेपाली’ एमालेले मात्र पुरा गर्न सक्ने बताउनुभयो । अध्यक्ष ओलीले पछिल्लो १४ महिनामा गठबन्धनले देशलाई बर्बादीतिर लगेको आरोप लगाउँदै अर्को पाँच वर्ष फेरि गठबन्धनलाई दिन नहुने उल्लेख गर्नुभयो ।गठबन्धनले सबैको भोट संकलन गरेर बहुमत पु¥याउने खेल खेलिरहेको आरोप लगाउँदै उनले पाँच दलीय गठबन्धन देश र जनताका लागि नभएर तिनै दलका नेताहरुका लागि केन्द्रित रहेको समेत बताउनुभयो ।

अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले जित्न नसके देश बर्बाद हुने चेतावनी दिनुभयो ।

Comment

Related News