अपडेट 
२०७९ भाद्र २७, सोमबार १८:१४

आगामी निर्वाचनमा एउटै क्षेत्रको सिटमा बिभिन्न दलको दावी परेपछि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति जुटाउन ढिलाई भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँटमा बिषयमा बिभिन्न तहमा छलफल भएपनि सहमति भने हुन नसकेको हो । बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दुई पक्ष, तीन पक्षिय र सर्वपक्षिय छलफलबाट सहमतिको प्रयास जारी रहेको जानकारी दिनुभयो । उहाले सिट बाँडफाँटमा सहमति नजिक पुगेपनि अन्तिम टुङ्गो लाग्न बाँकी रहेको बताउनुभयो । उहाले एउटै क्षेत्रको सिटमा पनि दुई तीनवदा दावी गरेको अवस्था रहेको र यसको समाधानको प्रयास भइरहेको उल्लेख गर्नुभयो । सवै दलहरु लचिलो भएर अघि बढ्नुपर्ने अवस्था रहेको उहाको भनाई छ ।

गठबन्धनका शिर्ष नेतालाई यसअघि नै कार्यदलले दलहरुको आ–आफ्नो अडान सहितको प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदनमाथि शिर्ष तहमा छललफल भएपनि सहमति भने जुट्न सकेको छैन ।

Comment


Related News

Latest News

Trending News