अपडेट 
२०७९ भाद्र २८, मंगलवार ०६:२९

जनकपुरधाम । नेकपा (एमाले)का सचिव रघुवीर महासेठले एक हातमा सिन्दुर अर्को हाथमा नागरिकता दिन सम्भव नभएको बताएका छन् ।

सोमबार जनकपुरधामको आमसभामा उनले सो कुरा बाताएका हुन् । नागरिकता विधेयक बारे विभिन्न भ्रम फैलाइएको उनले बताए । नागरिकता नेपालीले पाउनुपर्नेमा एमाले सकारात्मक रहेको भन्दै अहिलेको विधेयकमा केही बुंदा संशोधन गर्नुपर्ने उनले जिकिर गरे । ‘महन्थ ठाकुर पाँच वर्ष नागरिकताको कुरा बिर्सिन्छन तर चुनावमा गलत प्रचार गर्छन । नेकपा एमालेले नागरिकता दिँदैन,’उनले भने,‘अब जनता जागरुक हुनुपर्छ ।’ मधेश प्रदेशमा ०७४ को निर्वाचनमा आएको मत परिणाम अनुसार एमाले पाँचौँ स्थान भएको भन्दै अब एक नम्बर पार्टी बन्ने उनले विश्वास व्यक्त गरे । एमालेले मधेशमा अब १० वटा सिट प्रतिनिधिसभातर्फ जित्ने उनले दाबी गरे । ‘काँग्रेस झुठाहरुको झुण्ड’ त्यस्तै, नेपाली कांग्रेस पार्टी परित्याग गरी एमाले प्रवेश गरेका सन्तोष यादवले कांग्रेस झुठाहरुको झुण्ड भएको टिप्पणी गरेका छन् । जनसभामा उनले टिप्पणी गर्दै काँग्रेस झुठाहरुको झुण्डकै कारण बर्बाद भएको बताए । कांग्रेसमा वडादेखि सबै सिट विक्री हुने गरेको उनले आरोप समेत लगाए । पार्टीमा आफू जनआन्दोलन भन्दा अघिदेखि लागेको भन्दै पार्टीमा व्यक्ति हाबी भएको उल्लेख गरे । ‘पैसामा वडादेखि नै पार्टीको टिकट विक्री हुने गरेको छ । यो गठबन्धन होइन राष्ट्रको लागि ठगबन्धन हो । उनले भने,‘कांग्रेसमा सिद्धान्त बिर्सिएका नेताहरुको हालीमुहाली छ ।’ कांग्रेस नेता विमलेन्द्र निधि र पार्टी सह महामन्त्री महेन्द्र यादवलाई लक्षित गर्दै टिकट लिन डराएको उनले टिप्पणी गरे । गठबन्धनका दलहरु मिलेर देश बन्धक बनाएको उनले धारणा राखे ।

कालो झण्डा देखाउने रिहा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोजेको आरोपमा पक्राउ परेका ११ जना रिहा भएका छन् । ओली तिरहुतिया गाछीस्थित आमसभामा सहभागी हुन जाने बेलामा उनीहरुले नागरिकता विधेयक ओलीले अड्काएको भन्दै कालो झण्डा देखाउने तयारी गरेका थिए । त्यतिबेला प्रहरीले नियन्त्रणमा लिएर उनीहरुलाई साँझ सर्त गराएर प्रहरीले थुनामुक्त गरेको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=ZPWPOg7YOrg

Comment


Related News

Latest News

Trending News