२०७९ भाद्र २८, मंगलवार ०६:३२

मेन्द्रनगरकी नबालक दिदी बहिनीलाई बेहोस बनाई बालात्कार गर्ने राजकुमार साहलाई जिल्ला अदालत धनुषाले १२ वर्ष जेल सजाय र पाँच लाख क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ ।

सोमबार जिल्ला अदालतका न्यायाधीश नारायण प्रसाद सुवेदीको एकल इजलाशले सो फैसला सुनाएको हो । एक साता अघि न्यायाधीश सुवेदीकै इजलासले कसुर ठहर भएको फैसला सुनाएको थियो । क्षीरेश्वरनाथ नगरपालिका –५ का साहले ०७६ बैशाख १५ गते दिउसो दिदी बहिनीलाई बेहोस बनाई बालात्कार गरेका थिए । बेहोस दुबै जनालाई बनाए पनि साहले जेठीलाई बलात्कार गरेका थिए । ०७६ जेठ ८ मा जिल्ला अदालतमा यी मुद्दा दर्ता भएको थियो । साढे तीन वर्ष समय लागेर फैसला भएको यी मुद्दामा ३१ वटा पेशी चढेपछि मुद्दा किनारा लागेको छ । राजनीतिक संरक्षणमा अदालतले डिएनए परीक्षणको लागि मुद्दा अल्झाएर राखेको थियो । पछि अर्कै प्रमाणको अधारमा अदालतले फैसला सुनाएको हो ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=ZPWPOg7YOrg

Comment


Related News

Latest News

Trending News