अपडेट 
२०७९ भाद्र २८, मंगलवार ०६:४८

जनकपुरधाम ।नेकपा एमालेमा प्रवेश गर्ने कार्यक्रम अपेक्षा गरिए अनुसार हुन नसकेको बताइएको छ ।

एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा नवप्रवेशीलाई स्वागतगर्न सोमवार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आएका थिए । तर कार्यक्रममा मधेश प्रदेशका जिल्लाहरुबाट एमालेका नेता, कार्यकर्ताहरुको भारी सहभागिता रहेको थियो । प्रधानमन्त्री भएर तत्कालीन प्रदेश सभा प्रदेश नम्बर २ को बैठकलाई सम्बोधन गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणपछि पहिलो पटक जनकपुरधाम आएका थिए । नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति सन्तोष यादव लगायत कांग्रेसबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ३ र ४ बाट भारी संख्यामा एमाले प्रवेश गर्ने प्रचार गरिएको थियो । तर यादवसित कांग्रेसका जिल्ला, क्षेत्र, प्रदेश र पालिका स्तरीय नेता समेत गएनन् । एमालेका स्थायी कमिटी सदस्य समेत रहेका पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले चुनाव लड्ने निर्वाचन क्षेत्र नम्बर ४ मा घर भएका कांग्रेसका नेता यादवका भाई माला यादव(पालिका चुनावमा स्वतन्त्र)रहेकाले समेत दलबदलमा साथ दिएनन् ।

यादवले प्रदेश सभामा प्रत्यक्ष अथवा श्रीमतीलाई समानुपातिक तर्फ जित सुनिश्चित गर्न वार्गेनिंग गरेको कांग्रेस धनुषा क्षेत्र नम्बर ४ का सभापति कुमरकान्त झाले आरोप लगाए ।‘कांग्रेसको जिल्ला सदस्यदेखि उपसभापति र गाविस अध्यक्ष समेत रहीसकेका यादव अत्यन्त महत्वाकांक्षी बनेका थिए’उनले भने, ‘जिल्ला सभापतिमा चुनाव हारेका यादवको वर्हिगमनले पार्टीमा कुनै फरक पर्ने छैन् । पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) की मधेश प्रदेश सदस्य अञ्जु कुमारी यादव र केन्द्रीय सदस्य रामउदित राम र शम्भु साहले अध्यक्ष ओलीबाट टिका लगाए । नेपाल समाजवादी पार्टी( नेसपा)की प्रतिनिधि सभासदस्य रुही नाजपनि सोही मञ्चबाट एमालेमा प्रवेश गरिन् । सर्लाही जिल्लाकी रुही नाज असार महिनामा जसपा छाडेर बाबुराम भट्टराई नेतृत्वको नेसपातर्फ लागेकी थिइन् । उनी यसअघि काठमाण्डुमा पनि अध्यक्ष ओलीसित टिका लगाएकी थिईन् ।

जसपाकी प्रदेश सभासदस्य यादव पूर्व राजपाबाट जसपामा अड्केपनि उनी पार्टीको गतिविधि भन्दा अलग थिईन् । पर्सा जिल्लाकी यादवलाई एमालेले समानुपातिक सदस्यमा सुनिश्चित गरिएको वचन दिएको छ । मधेश प्रदेशमा एमालेसित प्रयाप्त सिट रहेकाले प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवार सिफारिस गर्न समस्या देखिएको छैन् ।तर धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा रघुवीर महासेठ र उनकी पत्नी जुली महतोलाई प्रतिनिधि सभामा उम्मेदवार उठाउनु उच्चजोखिम रहेको नेताहरुले अध्यक्ष ओलीलाई सुझाव दिएको स्रोतले जनाए । संविधान सभामा पनि पतिपत्नी नै चुनाव लड्दा दुबै जना पराजित भएका थिए ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=ZPWPOg7YOrg

Comment


Related News

Latest News

Trending News