अपडेट 
२०७९ भाद्र २८, मंगलवार ०६:५४

बाटो काट्न लागेको कुकुरलाई बचाउने क्रममा अनियन्त्रित भइ मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

दुर्घट्नामा सप्तरीको बोदेवर्साइन नगरपालिका २ की ४५ वर्षीया अन्जनादेबी यादवको मृत्यु भएको छ । विहान ९ बजे तिर उनका पतिले चलाइरहेको प्रदेश–२–०१–००२ प.३९९३ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्ग अन्तर्गत शम्भुनाथ नगरपालिका ५ मोहनपुर सडकखण्डमा कुकुरलाई जोगाउने क्रममा दुर्घट्नामा परेको डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । उनका पति सामान्य घाइते भए पनि पछिल्लो सिटमा सवार उनको पत्नी अन्जना भने गम्भिर घाइते भएकी थिइन । उनलाई तत्कालै युनिक अस्पतालमा पु¥याइएको थियो । चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । मृतकको शव पोस्टमार्टमका लागि स्थानीय गजेन्द्रनारायण सिंह अस्पताल पु¥याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Please subscribe our official youtube channel below and support us.

Comment

Related News

Latest News

Trending News