अपडेट 
२०७९ भाद्र २८, मंगलवार ०६:५९

बलैया । जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रका विद्यालयहरु लथ्यालिङ्ग अवस्थामा रहेको देखिएको छ ।

शिक्षकहरुले विभिन्न परीक्षा पुस्तिका जाँचनै नगरी अंक दिएको पाइएको छ । उपमहानगरपालिकाले गरेको छड्के अनुगमनमा शिक्षकहरुले विद्यार्थीको उत्तर पुस्तिका जाँचनै नगरेर नम्बर दिएको पाइएको शिक्षा महाशाखाका अधिकृत हरिष भट्टले जानकारी दिए । नगर प्रमुख राजन पौडेलको नेतृत्वमा गरिएको सामुदायिक विद्यालयहरुको अनुगमनमा यस्तो पाइएको हो । वडा नं.९ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छातापिपरा र वडा नं.५ स्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय,बकुलियाका शिक्षकहरुले कक्षा ८ को परीक्षाको उत्तरपुस्तिका चेक जाँचनै नगरी अंक दिइएको उपमहानगरपालिकाले जनाएको छ । छातापिपरा विद्यालयमा उत्तर पुस्तिका जाँचनै नगरी शिक्षकहरुले विभिन्न विषयको उत्तरपुस्तिका दराजमा राखेको भेटिएको छ । त्यस्तै,नमुना माध्यमिक विद्यालय, बकुलियाका शिक्षकहरुले उत्तर पुस्तिका कवाडिलाई विक्री गरेको पाइएको छ । उनीहरुले कवाडीसँग अनावश्यक समानहरु विक्री गर्ने क्रममा उत्तर पुस्तिका पनि गल्तीबस विक्री भएको बताएका छन् । उपमहानगरपालिकाको शिक्षा महाशाखाले ती विद्यालयका प्रधानाध्यापक सहित शिक्षकहरुलाई कारवाहीको प्रक्रिया अगाडि बढाउने जनाएको छ । अनुगमनको क्रममा वडा नं.८ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय गमरग्वाहाको मूल गेटमा ताल्चा लागेको पाइएको थियो ।

Comment


Related News

Latest News

Trending News