अपडेट 
२०७९ भाद्र २८, मंगलवार ११:४१

नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन घटेको छ ।

हिजो तोलामा ३०० ले घटेको सुनको मूल्य आज १०० रुपैयाँले घटेको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको जनाएको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ कायम छ । यसअघि, विगत ३ दिनदेखि चाँदीको मूल्य स्थिर थियो ।

Comment


Related News

Latest News

Trending News