अपडेट 
२०७९ भाद्र २८, मंगलवार १८:२१

राष्ट्रपति विद्यादेवी भण्डारीले ५ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका विभिन्न ५ विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयकहरु 

१  तथ्यांक सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

२ स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक

३ प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

४ सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

५ योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=WHox-hfu14Y

Comment


Related News

Latest News

Trending News