अपडेट 
२०७९ भाद्र २९, बुधबार ०६:२७

जनकपुरधाम । धनुषामा अज्ञात समूह र प्रहरीबीच गोली हनाहान भएको छ ।

सोमबार मध्य राति गणेशमान चारनाथ नगरपालिका ४ पोर्ताहा खोलास्थित बन्दुकधारी समूह र प्रहरीबीच दोहोरो गोली हनाहान भएको थियो । चारनाथ खोलामा प्रहरी नायव निरीक्षक रामनाथ यादव नेतृत्वको गस्ती टोलीले बन्दुकधारी समूहलाई रोक्न खोज्दा दोहोरो गोली हानाहान भएको धनुषाका प्रहरी उपरीक्षक बस्नत रजौरेले जानकारी दिए । उनका अनुसार बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा समूहबाट गोली फायर गरेपछि जवाफी कारवाहीमा प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको थियो । प्रहरीको जवाफी कारवाहीमा बन्दुकधारी समूहका गणेशमान चारनाथ नगरपालिका ५ बस्ने ३० वर्षीय गणेशबहादुर बुढाथोकी घाइते भएका थिए । उनको खुट्टामा गोली लागेर घाइते हुँदा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार पश्चात अहिले उनलाई धनुषा प्रहरीको हिरास्तमा राखिएको छ । जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । उनको साथबाट प्रहरीले एक थान भरुवा बन्दुकसमेत बरामद गरेको छ ।

please subscribe our official youtube channel and support us.

Comment

Related News

Latest News

Trending News