अपडेट 
२०७९ भाद्र २९, बुधबार ०६:४३

जनकपुरधाम । मधेश प्रदेशका मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराइलाई नहटाउन उच्च अदालतले आदेश दिएको छ ।

अदालतका न्यायाधीश भोजराज अधिकारीले सो आदेश दिएका हुन् । प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्रालयले उनलाई उमेर हदका कारण पदमुक्त गरेका थिए । अध्यक्ष भट्टराइले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयलाई विपक्षी बनाइ उच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । भट्टराइलाई ०७७ माघ २ ९ गतेको मन्त्रिपरिषद्ले अध्यक्ष पदमा उनलाई चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको थियो । तर प्रदेश सञ्चार सम्बन्धी ऐन २०७७ (पहिलो संशोधन)ले यही भदौ ६ गते उनलाई पदमुक्त गरेको थियो । अदालतले सुविधा सन्तुलनको हिसाबले पदमुक्त नगरी यथास्थितिमा राख्न निर्देशन दिएको छ ।

Comment

Related News

Latest News

Trending News