अपडेट 
२०७९ भाद्र २९, बुधबार ०६:५४

रौतहट । विभिन्न कार्यक्रमको आयोजना गरी रौतहट जिल्लामा ५८ औ राष्ट्रिय बाल दिवस मनाइएको छ ।

विद्यालयहरुमा अध्ययन गर्ने बाल बालिकाहरुले विभिन्न कार्यक्रमको आयोजना गरी हाम्रो आधार शिक्षा र स्वास्थ्यमा आमूल सुधार मूल नाराका साथ राष्ट्रिय बाल दिवस मनाएका छन् । गौर स्थित राइस मिलको सभा हलमा बाल दिवसको अवसरमा एस एस आर मिडिया प्रा लि ले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा इण्टर नेशनल बाल एकेडमीका जेसिका साह प्रथम भएकी छन् । ८ वटा नीजि तथा सामुदायिक विद्यालयबाट सहभागी भएका १७ जना प्रतियोगीमध्ये जेसिकाले राम्रो संग शिक्षा र स्वास्थ्यको विषयमा आफ्नो वक्तव्य राखेर प्रथम स्थान हासिल गरेकी छन् । प्रतियोगितामा श्री माध्यमिक विद्यालय गौर ५ का अबिनिस यादव दोस्रो तथा मित्र मेमोरियल आवासीय विद्यालयका आर्यन गुप्ता तेस्रो भएका छन् । सावन यादवको सभापतित्वमा सम्पन्न भएको सो प्रतियोगितामा प्रथम ,दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई गौर नगरपालिका नगर प्रमुख शम्भु साहले प्रमाण पत्र सहित शिल्डबाट पुरस्कृत गरेका थिए । कार्यक्रममा जेष्ठ नागरिक संघका अध्यक्ष विजय किशोर झा ,पत्रकार शैलेन्द्र गुप्ता , विद्यार्थी नेता ललन यादव लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

Comment

Related News

Latest News

Trending News