अपडेट 
२०७९ भाद्र २९, बुधबार ०७:०४

अवैधरुपमा भन्सार छलेर अर्को देशबाट भित्रिने मोबाइलका कारण यो व्यवसायमा संलग्न रहेका व्यवसायी चिन्तित बनेका छन् ।

बाराको अमलेखगंजमा मोबाइल वितरक र खुद्रा विक्रेताबीच आयोजित अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । मोबाइलको अवैध कारोवारले नेपालमा मोबाइलको कारोवार गर्ने इम्पोर्टर, डिष्ट्रिव्युटर र रिटेलरको लगानी डुब्ने अवस्थामा रहेको मोबाइल फोन ईम्पोटर्स एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सञ्जय अग्रवालले जानकारी दिए । पछिल्लो समय प्राधिकरणले २०७९ असोज १ गतेदेखि सो प्रणाली सुरु हुने बताउदै आएको छ । एमडीएमएस लागु गर्ने प्राधिकरणको पछिल्लो तयारीले व्यवसायी उत्साहित बनेको उपाध्यक्ष अग्रवालले बताए । हाल नेपालभित्रको मोबाइल बजारमा करिब ४० प्रतिशत अवैध रुपमा भन्सार छलेर मोबाइलहरुले कब्जा जमाएका छन् । मोबाइलको अवैध कारोबारलाई नियमन गर्न सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गर्ने निर्णय गरेपनि कार्यान्यवनमा भने आउन सकेको छैन् । एमडीएमएस प्रणाली लागु भए अर्को देशबाट भित्रिने मोबाइल कानूनी प्रक्रिया पूरा गरी दर्ता गर्नुपर्ने हुन्छ । नेपाल दुरसञ्चार प्राधिकरणले ०७८ साउन १ गतेदेखि एमडीएमएस प्रणाली लागु गर्ने बताए पनि हालसम्म सो प्रणाली लागु गरिएको छैन् ।

Comment


Related News

Latest News

Trending News