अपडेट 
२०७९ भाद्र २९, बुधबार ०७:०८

जनकपुरधाम । धनुषामा एक महिलाको शव फेला परेको छ ।

मंगलबार शहीदनगर नगरपालिका ३ यदुकूहामा २६ वर्षीय बबित्या दासको शव फेला परेको हो । नहरको पेटीमा बाँसको झाडीमा हत्या गरी फालिएको अवस्थामा अरुण दासको श्रीमती बबित्या देवीको शव फेला परेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए । शवको प्रकृति हेर्दा बलात्कार पछि हत्या गरी फालेको प्रहरीको अनुमान छ । शव अर्धनग्न अवस्थामा भुइँमा फेला परेको थियो । तर उनको शरीर मा चोटपटकको डाम नदेखिएको डीएसपी क्षेत्रीले बताए । यदुकुहाको बजार टोलमा इन्द्र पूजाको अवसरमा मेला लागेको थियो । उनी साँझ ६÷७ बजे घरबाट मेला हेर्न निस्केको परिवारजनले जनाएको छ । मेला हेर्न गएकी दास अबेर साँझसम्म घर नफर्किएपछि घरपरि वारले खोजी सुरु गरेको थियो । मृतक महिलाको ३ वर्षीय छोरी पनि छ । उनको श्रीमान् अरुण चार वर्षदेखि वैदेशिक रोजगारमा छन् । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

please subscribe our official youtube channel and support us.

Comment

Related News

Latest News

Trending News