अपडेट 
२०७९ भाद्र ३०, बिहीबार ०७:०५

प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा बयानका लागि सर्वोच्च अदालतका न्यायाधीशहरु उपस्थित नहुने भएका छन् ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठकले महाभियोग सिफारिस समितिले बोलाएको भए पनि उनीहरु सहभागि नहुने भएका हुन् ।

केही कारणहरु उल्लेख गरेर बैठकमा सहभागि हुन नसक्ने भनी सर्वोच्च अदालतको पूर्ण बैठकले निर्णय गरेको हो।

स्वतन्त्र न्यायपालिका सम्बन्धी मूल्य र मान्यता, संवैधानिक प्रावधान, शक्ति पृथकीकरणको सिद्धान्तका आधारमा बहालवाला कामु प्रधानन्यायाधीश र अरु न्यायाधीशहरु बैठकमा उपस्थित हुन नसक्ने भन्ने निर्णय गरेका हुन् ।

Comment


Related News

Latest News

Trending News