२०७९ भाद्र ३०, बिहीबार ०७:४३

रौतहटको फतुवा विजयपुर नगरपालिकाको छैठौं नगरसभा बुधवार सम्पन्न भएको छ ।

सरकारले तोके अनुसार सबै पालिकाले असार महिनामै नगर परिषद् गरिसक्नुपथ्र्यो तर विभिन्न कारणले हुन नसकेको फतुवा विजयपुर नगरपालिकाको छैठौं नगरसभा दुई महिना ढिलो गरी बुधवार मात्र सम्पन्न भएको छ । नगरपालिका को रकम हिनामिना गरेको आरोपमा नगरपालिकाका मेयर गोपाल यादव निलम्बित भएपछि नगर उपप्रमुख अध्यक्षतामा भएको नगरसभाले चालु आर्थिक वर्ष २०७९÷०८० मा नगरको समग्र विकासका लागि ४९ करोड भन्दा बढी आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षमा नगरको चौतर्फी विकासका लागि नगरपालिकाले आफ्ना छैठौं नगरसभाबाट ४९ करोड ४९ लाख ९९ हजार रुपैयाँ बजेट पारित गरेको छ । कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवले चालु आर्थिक वर्षको लागि संघीय र वित्तीय समानीकरण, शशर्त अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय लगायतका लागि रकम विनियोजन गरिएको छ ।



यस वर्ष शिक्षा,स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विद्युत्, भौतिक पूर्वाधार निर्माण कार्य लगायतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको प्रशासकीय अधिकृत यादवले बताए । संघीयताको कार्यान्वयन गर्दै नगरवासीलाई स्थानीय सरकारको प्रत्याभूति दिलाउने, प्रकोप व्यवस्थापन गर्ने, विकास सुशासनको प्रत्याभूति दिलाउने, कृषि, पशु, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइमा विशेष लगानी गर्ने, रोजगारीको अवसर सृजना गरी युवालाई विदेश प्लायन हुनबाट रोक्ने, पर्यटन प्रवद्र्धनका आयोजनाहरुको पहिचान र कार्यान्वयनमा तीव्रता दिने, सडक एवं अन्य भौतिक पूर्वाधार निर्माण कार्यको स्तरोन्नति गर्ने लगायत कार्यलाई नगरपालिकाले आफना नीति तथा कार्यक्रममा विशेष प्राथमिकता दिएको छ ।

Comment


Related News

Latest News

Trending News