अपडेट 
२०७९ भाद्र ३०, बिहीबार १३:५९

बिहीबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगीत भएको छ ।

संसद् बैठक बिहीबार अपराह्न १ बजेका लागि बोलाइएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गर्नुभएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । बिहीबारका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजेका लागि सारिएको संसद सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।

Comment

Related News

Latest News

Trending News