अपडेट 
२०७९ भाद्र ३०, बिहीबार १८:४४

नेपालमा थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ६ सय ७४ पिसिआर परिक्षणका क्रममा ७५ जना र २ हजार १ सय १६ एन्टीजेन परिक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १ सय ३७ संक्रमित निको भएका छन् । हाल नेपालमा २ हजार १ सय २९ सक्रिय संक्रमित आइशोलशेनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comment


Related News