
मधेश प्रदेशमा वेरोजगारीको बेथिति देखिन पाइएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा सुरक्षाकालागि चाहिने जनशक्ति म्यादी प्रहरीको भर्नालाई लिएर मधेश प्रदेशमा वेरोजगारीको वेथिति हेर्न पाइएको छ । मधेश प्रदेशमा पहिलो दिनमै साढे आठ हजार भन्दा बढीले म्यादी प्रहरीकालागि आवेदन दिएका छन् । सवै भन्दा बढी बैदेशिक रोजगारमा मधेश प्रदेशकै युवा छन् भने वेरोजगारी यहाँ यथावत देखिएको छ । विहीबार साँझ सम्म मधेश प्रदेशको सबै जिल्ला गरी आठ हजार चार सय १३ जनाले म्यादी प्रहरी भर्नाको लागि आवेदन दिएका छन् । दुई हजार दुई सय ९७ महिला र ६ हजार एक सय १६ जना पुरुषले पहिलो दिन आवेदन दिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता सुमनकुमार तिम्सिनाले जानकारी दिए । मधेश प्रदेश शिक्षा, स्वास्थ्य लगायतमा मुलुक भरिमै कमजोर अवस्थामा रहेपनि सरकारले भने चासो लिएका छैनन् ।
४० दिनकोलागि भर्ना गरिने म्यादी प्रहरीको जागिरले तत्कालकोलागि समस्या समाधान हुने तर, वैकल्पिकवाटो वैदेशिक रोजगारनै रहेको भर्नाकालागि फारम भर्न आएकाहरुले बताए । म्यादी प्रहरीलाई तलव ४० दिनको एउटा सिपाही जस्तै र खाद्यान्न वापत प्रति व्यक्ति सात हजार दुई सय र ६ हजार पोशाक खरिदको लागि सरकारले उपलब्ध गराउने छन् । उनीहरुलाई निर्वाचनको समयमा चार दिन खाजा वापतको एक हजार दुई सय रुपैयाँ पनि दिइने जनाइएको छ ।
please subscribe our official youtube channel and support us.