अपडेट 
२०७९ भाद्र ३१, शुक्रबार ०७:२५

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु भएको छ ।

बिहीबारदेखि यी सिस्टम नेपाल दूरसञ्चार प्राधिकरणले लागु गरेको छ । विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित सरकारले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याएको छ । धनुषाको मोवाइल संघले केक काटेर यो प्रणालीलाई स्वागत गरेका छन् । संघ सदस्यहरु रामचोकमा सिस्टमको स्वागत गर्दै सरकारलाई धन्यवाद पनि दिएका थिए । एमडीएमएसले मोबाइल सेटको गैरकानूनी आयात, विक्री वितरण र प्रयोगलाई निरुत्साहित गर्न तथा चोरी भएका र हराएका मोबाइल फोनको ट्र्याकिङ तथा ब्लकिङ गरेर चल्न नमिल्ने बनाउन सकिने छ ।

Comment


Related News

Latest News

Trending News