अपडेट 
२०७९ भाद्र ३१, शुक्रबार ०८:५८

टिभिएस मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता जगदम्बा मोटर्सले जलेश्वरमा पनि एक्सचेन्ज अफर सुरु गरेको छ ।

विहीबार देखि मेला आयोजना गरी टिभिएस एक्सचेन्ज अफर सुरु गरिएको हो । सबै वर्गले मोटरसाइकल तथा स्कुटर विश्वकर्मा पूजा,दशैं दिपावली र छठ लक्षित योजनासहित सुरु गरिएको अफर पाँच दिनसम्म चल्ने आर्यन अटो मोबाइल्स् जलेश्वरका रामबालक महतो (संजिव) ले जानकारी दिए । उनका अनुसार यो अफर जनकपुरधाममा शुक्रबार (आज)देखि सुरु हुने छन् । मोटरसाइकल तथा स्कुटर खरिद गर्दा सात हजार तुरुन्तै छुट दिइने गरेको उनले बताए । कम्पनीले सर्भिस र स्पेयरर्स सेवासमेत मेलामा उपलब्ध गराएको छ ।

एक्सचेन्ज अफरमा फाइनान्स सेवा पनि राखिएको छ । फाइनान्समा २०, ४० र ५० प्रतिशत जम्मा गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्ने योजना ल्याइएको हो । यस्तै, नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्दा दिनभरीमा एउटा मोवाइल, सातामा एक जनालाई शतप्रतिशत क्यास ब्याक अफर र ५० लाख जित्न सक्ने योजना राखिएको छ ।

please subscribe our official youtube channel and support us.

Comment


Related News

Latest News

Trending News