अपडेट 
२०७९ भाद्र ३१, शुक्रबार १९:३८

जनकपुरधामस्थित टिभिएस मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता जगदम्बा मोटर्सले एक्सचेन्ज अफर सुरु गरेको छ ।

शुक्रबारदेखि जनकपुरधामस्थित भ्रमरपुराचौकमा रहेको टिभिएसको शोरुममा टिभिएस एक्सचेन्ज अफर सुरु भएको हो । सबै वर्गले मोटरसाइकल तथा स्कुटर विश्वकर्मा पूजा,दशैं दिपावली र छठ लक्षित योजनासहित सुरु गरिएको अफर आश्विन ३ गत्तेसम्म चल्ने आर्यन अटो मोबाइल्स् जनकपुरधमका सञ्चालक रामबालक महतो (संजिव) ले जानकारी दिए । साथै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा सात हजार तुरुन्तै छुट दिइने गरेको उनले बताए । कम्पनीले सर्भिस र स्पेयरर्स सेवासमेत मेलामा उपलब्ध गराएको छ ।

एक्सचेन्ज अफरमा फाइनान्स सेवा पनि राखिएको छ । फाइनान्समा २०, ४० र ५० प्रतिशत जम्मा गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्ने योजना ल्याइएको हो । यस्तै, नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्दा दिनभरीमा एउटा मोवाइल, सातामा एक जनालाई शतप्रतिशत क्यास ब्याक अफर र ५० लाख जित्न सक्ने योजना राखिएको छ ।

Comment


Related News

Latest News

Trending News