अपडेट 
२०७९ आश्विन १, शनिबार १७:४४

प्रतिनिधिसभा र राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य भएको छ।

नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गते गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गरेकी छिन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम संघीय संसदका दुवै सदनको चालु अधिवेशन असोज १ गते शनिबार राति १२ बजेदेखि अन्त्य गरेकी हुन् ।

योसँगै भदौ ३१ गते शुक्रबारका दिन बसेको राष्ट्रियसभाको बैठकबाट असोज २ गते आइतबार बिहान बस्नेगरी निर्धारण भएको राष्ट्रियसभाको बैठक समेत अन्त्य हुने भएको छ।

Comment

Related News

Latest News

Trending News