२०७९ आश्विन २, आईतवार ०६:४७

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नागरिकता विधेयक प्रमाणीकरण नभए संघर्षमा जाने चेतावनी दिएको छ ।

पार्टीका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा शनिवार पार्टी कार्यालय बबरमहलमा बसेको बैठकवाट असोज ४ गते सम्म नागरिकता विधेयक प्रमाणीकरण नभए आन्दोलनमा जाने चेतावनी दिइएको छ । संघीय संसदको दुवै सदनवाट दुई–दुई पटक पारित भई राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पेश गरिएको नागरिकता विधेयक निर्धारित समयमै प्रमाणीकरण गरी लाखौं नेपाली युवाहरुलाई अनागरिक र राज्यविहीनताको अवस्थाबाट बचाउन बैठकवाट आग्रह गरिएको छ । वर्तमान अवस्थामा असोज ४ गते सम्म नागरिकता विधेयक प्रमाणीकरण नभए राष्ट्रियता, लोकतन्त्र, मानव अधिकार र नागरिक अधिकारको रक्षाकालागि बाध्य भएर संघर्षमा जानुपर्ने परिस्थिति आउन सक्ने चेतावनी दिइएको छ । बैठकवाट भदौ ३० गते सरकारले टिकापुर घटनामा मुद्दा लगाइएका रेशम चौधरी लगायतका आन्दोलनकारीहरुलाई मुद्दा खारेज गरी रिहाई गर्ने निर्णय अन्यन्त सकारात्मक रहेको पार्टी अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



विज्ञप्तिमा भनिएको छ–‘हाम्रो पार्टीले शुरु देखिनै टिकापुर, महोत्तरी लगायतका देशभरिका विभिन्न ठाउँमा पहिचान र अधिकार प्राप्तिकोलागि गरिएका संघर्षहरुमा मुद्दा लगाइएका व्यक्तिहरुलाई कानून संसोधन गरी रिहा गर्न सरकार संग आग्रह गर्दै आई रहेको सर्वविदितै छ । तसर्थ यथाशीघ्र कानून संशोधन गरी टिकापुर जस्तै महोत्तरी घटनाका मुद्दा खारेजी गर्न सकार संग आग्रह गर्दछौं । साथै लाल आयोगको प्रतिवेदन समेत तत्काल सार्वजनिक गर्न माग गर्दछौं ।’ वैठकबाट असोज ३ गते जारी भएको संविधानमा पूर्ण रुपमा आफ्नो सहमति नरहेको लोसपाले जनाएको छ । शनिवारको वैठकवाट नेपालको संविधान २०७२ को पूर्णताको निम्ति हामीले उठाएका मागहरु समेटी संविधान संशोधन नहुञ्जेल सम्म आफ्नो विरोध रही रहने जनाएको छ । लोसपा मधेश प्रदेशमा सहभागी रहेको बेला पनि व्लैक आउट गर्दै आई रहेका थिए । लोसपाले संविधान जारी भएदेखिनै विरोधका कार्यक्रम तथा संशोधनका माग उठाइ रहेका छन् । असोज ३ लाई लोसपाले ‘ विरोध दिवसको’ रुपमा मनाउन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुलाई पालिका स्तर सम्म विरोधकालागि कार्यक्रम गर्न आग्रह गरेको छ ।

Comment


Related News

Latest News

Trending News