लागू औषध मुद्दामा ६ महिना कैद र दुई हजार जरिवाना तोकिएको फरार प्रतिवादी पक्राउ परेका छन् ।
धनुषाको सवैला न.पा. वडा नं. २ वस्ने वर्ष ६३ को अशेश्वर पुर्वे लागू औषध मुद्दामा धनुषा जिल्ला अदालतबाट ६ महिना कैद र दुई हजार जरिवाना तोकिएकोमा उनी फरार रहेको र उनलाई सवैला धनुषाबाट खटेको टोलीले जिल्ला धनुषा सबैला न.पा वडा नं ०३ सबैला बजारबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि धनुषा जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । त्यस्तै १८ वर्ष कैद र दुई लाख जरिवाना तोकिएको फरार प्रतिवादीलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाधाम न.पा. वडा नं. ५ पर्वता वस्ने वर्ष ५७ को पल्ट मण्डल धानुक रहेको छ ।
उनीमाथि जबरजस्ती करणी गरी फरार भएकोमा जबरजस्ती करणी मुद्दाको अनुसन्धान प्रक्रिया पूरा गरी २०७८ कार्तिक ०३ गते जिल्ला सरकारी वकिल कार्यालय मार्फत धनुषा जिल्ला अदालत जनकपुरधाममा मिसिल पेश हुँदा फरार रहेका प्रतिवादी पल्टु मण्डललाई धनुषा जिल्ला अदालतबाट १८ वर्ष कैद दुई लाख जरिवाना ठहर हुने गरी फैसला भएको थियो । प्रतिवादीलाई खोजतलाश गर्दै जाने क्रममा शुक्रवार प्रहरी चौकी उमाप्रेमपुर धनुषाबाट खटेको प्रहरी टोलीले उनलाई आफ्नै घरमा लुकी छुपी वसेको अवस्थामा पक्राउ गरी आवश्यक कारावाहीको लागि धनुषा जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=ZPWPOg7YOrg