जनकपुरधाममा गुठीको जग्गा कब्जा गरेको कुरा पटक पटक आइ रहँदा नम्बरी जग्गा कब्जा गरेको सार्वजनिक भएको छ ।
गुठीको जग्गा खाली गराउनु पर्ने लगायतका विरोधका कुराहरु व्यापक रहेको जनकपुरधाममा करोडौं मूल्य पर्ने जनक चोकको जग्गा नाम चलेकै व्यक्तिले कब्जा गरेको तथ्य खुलेको छ । जनकपुरधाम–२ जनक चोकको मुखमै रहेको करिब तीन कठ्ठा जग्गा प्रकाश राणाले कब्जा गरेको जग्गा धनी देशपाल सिंह हमालले आरोप लगाएका छन् । पीडित हमालले आइतवार पत्रकार सम्मेलन गरी आफ्नो आमा गीता रानी हमालको नाममा रहेको जग्गाको नक्कली जग्गाधनी पुर्जा बनाउन मालपोत कार्यालयबाट मिसिल फाइल समेत गायब गरेको आरोप लगाए । पीडित हमालले न्यायका लागि राणा विरुद्ध कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी समेत दिएका छन् । सि.नं. १३५५—२५ को साबिकको किता नं. १०० किताकाट भइ कि.नं. १६९ ज्योतिजंग राणा र प्रकाशजंग राणा तथा कि.नं. १७० आफ्नो आमा गीतारानी हमालको नाममा हाम्रो हजुर आमा रानी पदमकुमारी रानाबाट बकस पत्र भएको हमालको दाबी छ । बुवा र आमा स्वर्गीय भएपछि कि.नं. १७० मा आफ्नो हकभोग हुन गएको भनी सो जग्गा आफ्नो नाममा गराउन मालपोत कार्यालय धनुषा जाँदा ती जग्गा त प्रकाश राणाको नाममा दर्ता भइसकेको थाहा पाएपछि आश्चर्यचकित भएको हमालले भने ।
उनले ३ कट्ठा २ कनमा क्षेत्रफल रहेको ती कि.नं. १७० को जग्गा आफ्नी आमा गीतारानीको नाउमा हुनुपर्नेको सट्टा किताकाट गरेर टुक्रा टुक्रा पारी केही विक्री पनि गरिसकेको र बाँकी आफ्नै नाममा सरकारी कागज किर्ते गरिसकेको छ । सबुत प्रमाण मेटाउन प्रकाशले मालपोत कार्यालयबाट मिसिल फाइल समेत गायब गराएको र सो किर्ते कागजातको आधारमा गुठी संस्थानमा कर बुझाउंदै आएको उनले जानकारी दिए । उनले जिप्रकामा दिएको जाहेरीमा प्रकाश राणाले किर्ते कागजातको आधारमा किता नं. १७० बाट १४ धुर ३ कनमाको कि.नं. २७५ र २ कट्ठा ५ धुर ३ कनमा क्षेत्रफलको कि.नं. २७६ कायम गराएको छ । फेरि ती कि.नं. २७५ बाट २७८ र २७९ दुई किता कायम गरेको मध्ये ७ धुर क्षेत्रफलका कि.नं. २७८ को जग्गा संगीता ठाकुरको नाममा विक्री गरेको र कि.नं. २७९ आफ्ना छोरी संगीता राणाको नाममा दर्ता गराएको उल्लेख छ । बाँकी रहेको कि.नं. २७५ को २ कट्ठा ५ धुर ३ कनमाको जग्गा प्रकाश राणाले दाबी गरे पनि मालपोत कार्यालयमा गएर बुझ्दा सो कार्यालयबाट जग्गाधनी पुर्जा नबनेको आधारमा प्रकाशले दाबी गर्दै आएको जग्गाधनी पुर्जा किर्ते गरी तयार पारिएको नक्कली रहेको पुष्टि भइरहेको हमालले पत्रकार सम्मेलनमा भने । प्रकाश राणाका वुवा डम्बर जंग राणालाई आफ्नो पुर्खाको मुन्सिको काम गरेकोमा बकस स्वरुप उनलाई बसोबास र आफ्नो सम्पतिको रेखदेखकालागि राखिएको उनले दावी गरेका थिए । आपूmहरुले उनीमाथि विश्वास गरेका थियौं तर, उनले आपूmहरुकै जग्गा यसरी बेचबिखन र हत्याएपछि आपूmहरु विचल्लीमा परेको उनले बताए ।
हमालले आफ्नो आमाको नाममा रहेको जग्गा सरकारी किर्ते कागजको आधारमा आफ्नो नाममा गराई विक्री समेत गर्ने जस्ता ठगी कार्य गर्ने प्रकाश राणा विरुद्ध अनुसन्धान गरी मुलुकी अपराध संहिता २०७४ को दफा २७६ (१) (२) (३) र ऐ संहिताको दफा २४९ (१) (२) (३) बमोजिम कारबाही तथा सजायको माग जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीमा गरेका छन् ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=ZPWPOg7YOrg


