अपडेट 
२०७९ आश्विन २, आईतवार ०७:२६

महिला र युवतीहरुले छोरीलाई पढाउने तथा बाल विबाह नगर्ने गराउने सामूहिक रुपमा प्रतिवद्धता जनाएकी छन् ।

एण्ड चाइल्ड मैरिजको सहयोग तथा संचारिका समूहको आयोजनामा रौतहट जिल्लाको गौरमा आयोजित अन्तर पुस्ता संवाद कार्यक्रममा सहभागी भएकी महिलाहरुले छोरीलाई पढाउने तथा बाल विबाह नगर्ने जनाएकी छन् । कार्यक्रममा सहभागी भएकी बालिकाहरुले पनि बाल विबाह विरुद्ध लाग्ने बाचा गरेकी छन् । मधेश प्रदेशको रौतहट र सप्तरीमा बाल विवाहको संख्या बढ़ी भएको तथ्यांकले देखाएको हुँदा त्यस्तो कार्यलाइ न्यूनीकरण गर्ने उद्देश्यका साथ संचारिका समूहले कार्यक्रमको आयोजना गरेको थियो । गौर नगरपालिकाका पूर्व नगर उपप्रमुख किरण कुमारी ठाकुरले बाल विवाह सामाजिक तथा कÞानूनी अपराध भएकोले यस्तो कार्य नगर्न आग्रह गरे । गरिवी, अशिक्षा, आर्थिक समस्याको कारण बाल विवाहको घटना बढ्दै गएकोले यसलाई कम गर्नको लागि शिक्षाको आवश्यकता रहेको उनले जोड़ दिए । युवतीहरुले २० वर्ष पछि मात्र विवाह गर्ने प्रतिवद्धता जनाए ।

कम उमेरमा विहे गर्दा विभिन्न किसिमका शारीरिक, मानसिक, पारिवारिक तनाव उत्पन्न हुने भएकोले बाल विवाह नगर्न गाउँ समाजमा चेतना जगाउने प्रतिवद्धता जनाए । नेपाल दक्षिण एशियाको सवै भन्दा बढ़ी बाल विवाह हुने देश मध्ये तेस्रो स्थानमा रहेको र मधेश प्रदेशको रौतहट र सप्तरीमा बढ़ी संख्या देखिएको तथ्यांक रहेको जानकारी गराइएको थियो । पहिलो स्थानमा बंगलादेश र दोस्रो स्थानमा भारत रहेको छ । बाल विवाह गरेपछि कÞानूनी कारवाही भई ३ वर्ष कैद तथा ३० हजार जरिवाना हुने कÞानूनी व्यवस्था रहेकोमा बाल विवाह नगर्न आग्रह गरिएको छ । कार्यक्रम संचारिका समूहका उपाध्यक्ष बबिता सुनुवारको सभापतित्वमा सम्पन्न भएको थियो ।

Comment


Related News