२०७९ आश्विन ३, सोमबार ०६:३०
बाराको सिमरा स्थित नेपाल विद्युत् प्राधिकण सिमरा वितरण केन्द्रले आफ्नो ३७ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीलाई पुरस्कार वितरण गरेको छ ।
केन्द्रले कर्मचारीबीच हाजिरिजवाफ,स्लो मोटरसाइकल रेस, म्युजिकल चेयर, टेबल टेनिसलगायतको खेलकुद आयोजना गरेको थियो । विभिन्न खेलकुदका विजेतालाई केन्द्रका प्रमुख रामु श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा वितरण केन्द्रले करेन्ट लागेर मृत्यु भएका ज्ञानेन्द्र होजिदारको परिवारलाई सम्मान गरेको छ । विद्युत्को मर्मत गर्ने क्रममा करेन्ट लागेर केही वर्षअघि मृत्यु भएका परिवारलाई अमर विद्युत्कर्मी सम्मानबाट सम्मानित गरिएको सिमरा वितरण केन्द्रले जनाएको छ ।

