विदेशबाट फर्किएका नेपालीहरु युवाहरुलाई नेपाल सरकारले दिदै आएको रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रमबारे असोज १ गते वीरगञ्जमा पत्रकारहरुसंग साक्षात्कार गरेको छ ।
असोज १ गते शिक्षा पत्रकार समूहको आयोजनामा आयोजित पत्रकारहरुसंगको साक्षात्कार कार्यक्रममा नेपाल सरकार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्वमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमयुएनडिपी) युरोपियन युनियनको आर्थिक सहायतामा मधेश प्रदेश र लुम्बिनी प्रदेशका एक हजार पाँच सय युवाहरुलाई सीपमूलक तालिम प्रदान गरिदै छ । युएनडिपीका मुकुन्द मणि खनालले सीप विकास तालिमका लागि कृषि, निर्माण र पर्यटन क्षेत्र पहिचान भएको बताए । परियोजनाले वेदेशिक रोजगारीबाट फर्किएका एक हजार पाँच सय युवाहरुलाई ३० दिने कतिपय तालिम सम्पन्न भएको र तालिम प्राप्त व्यक्तिले काम समेत पाएको बताए । परियोजनाले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट मान्यता प्राप्त निजी क्षेत्रका तालिम सेवा प्रदायक संस्था, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका आंगिक शिक्षालयमार्फत युवाहरुलाई तालिमको व्यवस्थापन गरिएको छ । हालसम्म रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत पाँच सय उन्नाइस जनाले तालिम सम्पन्न गरेको र चार सय छपन्न जना युवाहरुले तालिमकै क्रममा रहेको बताए । कार्यक्रममा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीेले वैदेशिक रोजगारीबाट फर्किएका नेपाली युवाहरुलाई स्थानीय स्तरमा उत्पादन तथा वितरण प्रणालीमा आवद्ध गराइ सामाजिक र आर्थिक रुपमा पुनः समायोजनका निम्ति परियोजना संचालन गरिएको छ । परियोननाले कोभिड–१९ का कारण विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका नेपाली युवाहरुसंग भएका सीप पहिचान गरी आवश्यकताको आधारमा तालिम दिने, प्रमाणीकरण गर्ने, स्वरोजगारमुखी बनाउन उपकरण समेत प्रदान गर्ने उद्देश्य लिएर परियोजना संचालन गरिएको सचिव सुवेदीले बताए । उनले युवाहरुले आर्जनको सीप अनुसार स्वरोजगारमुखी हुन सकेको खण्डमा वैदेशिक रोजगारीमा जानबाट केही हदसम्म रोकिने बताए । वैदेशिक रोजगारीमा जाने युवाहरुको दुःख दर्द आफूले महसुस गरेको बताए ।
कुनै पनि व्यक्ति रहरले खाडी देश नजाने गरेकाले नेपालमै समेत मेहनत र सीपको सदुपयोग गरी रोजगारमुखी हुन सक्ने सपना बुनेका युवाहरुको लागि एक नमुना परियोजनाको रुपमा सीप परियोजना सुरु भएको बताए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सह सचिव डा. हरि लम्सालले तालिम प्राप्त गरेका र तालिम लिदै गरेका युवाहरुको जागरुकताले गर्दा आफू पनि उत्साही भएको बताए । तालिम सेवा प्रदायक संस्थाहरुमा समेत अनुगमन गर्ने र भए गरेका गतिविधिहरुलाई संचारमाध्यममा प्रकाशन प्रशासन यो सीप परियोजनालाई खवरदारीको हिसावले समेत आम जनमानस माझ पुर्याउन हुन आग्रह गरे । यो तालिमले बैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई रोजगारमुखी सीप दिएपछि स्वरोजगारमुखी हुने बताए । सिटिभीटीका डायरेक्टर दिपक पौडलले नेपालमा श्रम र श्रमिकलाई सम्मान गर्ने चलन नभएको बताए । श्रमलाई सम्मान गर्ने परिपाटीको विकास गर्न विद्यालय शिक्षादेखि नै सुरुवात गरिनुपर्ने बताए । उनले आफूले तालिम लिदै गरेका युवाहरुलाई तालिम सेन्टरमा अनुगमनको क्रममा भेट्दा उत्साही अवस्था देखेको बताए । तालिम सेन्टरमा अनुगमनलाई अझै सशक्त बनाउनुपर्ने बताउँदै यसमा स्थानीय सरकार र पत्रकारहरुको कलम समेत अगाडि बढाउनुपर्ने बताए ।
समूहका अध्यक्ष कृष्ण मल्लले नेपाल सरकारले सुरु गरेको रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रमले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्वरोजगारमुखी बनाउने बताए । यो परियोजना नेपाल सरकार लगायत तालिम सेवा प्रदायक संस्था र तालिम लिने युवाहरुसंग जोडिएका यसबाट भएका सकारात्मक पक्ष र सुधार गर्नुपर्ने पक्षबारे समेत संचारमाध्यमबाट प्रकाशन र प्रसारण गरी आम जनतालाई जागरुक गराउनुपर्ने बताए । जय किसन बहु प्राविधिक शिक्षालय रौतहटका प्रिन्सिपल धनुज यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सिटिभीटीका सदस्य सचिव जिवनारायण यादव , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, युएनडिपीका मुकुन्द मणि खनाल, मधेश प्रदेशका धनबहादुर चन्द, वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण, नाटाका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष विनोद कुमार चौधरी, वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधवलाल राजपाल, छाला प्रशोधन उद्योग संघका महासविच मो.जुनेद इफतिकार, पत्रकार, उद्योग, तालिम सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको शिक्षा पत्रकार समूहका मधेश प्रदेश संयोजक दिपेन्द्र प्रसाद सिंहले बताए ।