अपडेट 
२०७९ आश्विन ३, सोमबार ०७:३७

रौतहट । रौतहटको मौलापुर बजारमा खुल्याम यौन धन्दा भइरहेको देखिएको छ ।

मौलापुर नगरपालिका वडा नं ५ मौलापुरको एक होटलमा विगत केही दिनदेखि खुल्याम देह व्यापार हुने गरेको देखिएको छ । केही व्यक्तिले यौनकर्मी महिलासँग यौनजन्य क्रियाकलाप गरिरहेको तस्विर सार्वजनिक गरिएको छ । केही ग्राहकले यौन व्यवसायमा संलग्न युवतीसँग खुल्यामा रुपमा यौनजन्य क्रियाकलाप गरिरहेको तस्विर सार्वजनिक भएपछि खुल्याम वेश्यावृति भइरहेको तथ्य बाहिर आएको छ । यौनजन्य क्रियाकलाप गर्दै गरेको अवस्थाको ग्राहकसहित यौनकर्मीको सार्वजनिक भएको सो तस्विर यतिखेर सामाजिक सञ्जालमा पुरै भाइरल बनेको छ । स्मार्ट सिटीको रुपमा विकास भइरहेको मौलापुरको होटलमा खुल्याम यौन धन्दा हुनुले यसले समाजमा विकृति फैलिनुका साथै नकारात्मक असर पर्ने भन्दै सामाजिक सञ्जालमा यतिखेर यसको चर्को विरोध भइरहेको छ ।

सार्वजनिक भएको तस्विर अनुसार यौनकर्मी महिलासँग तिन जनाले रोमान्स गर्दै गरेको तस्विरमा प्रस्ट देखिएको छ । तिन जनामध्ये एकजना स्थानीय प्रमोद साह अर्का व्यक्ति सोही ठाउँका दयाशंकर साह रहेको स्थानीयहरुले बताएका छन् । त्यस्तै,एकजनाको अनुहार नै नदेखिएकोले उनी को हुन भन्ने कुरा थाहा हुन सकेको छैन । उक्त देह व्यापार कुन होटलमा हुने गरेको र कसले गराएको भन्ने कुराको अधिकारिक पुष्टि अझै हुन सकेको छैन । तर स्थानीयवासीका अनुसार नाम खुल्न नसकेको एकजनाको घर भाडामा लिएर स्थानीय दयाशंकर साह र अमिन अन्सारीले वर्षौदेखि मौलापुरमा यौन धन्दा चलाउँदै आएका छन् । इलाका प्रहरी कार्यालय रहेपनि प्रहरी प्रशासनलाई चुनौती दिदै साह र अन्सारीले होटलमा यौन धन्दा चलाउने गरेको भए पनि प्रहरी प्रशासन मुख दर्शक बनेको स्थानीयवासी बताउँछन । स्थानीय प्रहरी प्रशासनकै मिलेमतोमा यौन जन्य क्रियाकलाप भइरहेको स्थानीयहरुको आरोप छ । मौलापुरमा वर्षौदेखि देह व्यापार हुने गरेको भए पनि यस विषयमा आफूहरुलाई कुनै जानकारी नै नभएको इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी नायव निरीक्षक (सई) बैजुलाल यादवले बताए। देह व्यापार भइरहेको कुरा आफूले पनि समाजिक सञ्जालबाट नै थाहा पाएको बताउँदै प्रहरी नायव निरीक्षक यादवले यौन व्यवसाय कसको घरमा र कसले सञ्चालन गरेको हो भन्ने कुराको अनुसन्धान भइरहेको बताए । अनुसन्धानपछि मात्रै होटल र देह व्यापार गराउने व्यक्तिको नाम खुल्ने उनले बताए ।

अवैध यौन धन्दा गराएर समाजमा विकृति र विसंगति फैलाउने जो कोहीलाई पनि कडा कारवाही गर्ने इलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ । देह व्यापारलाई नेपालमा गैरकानूनी रुपमा लिइन्छ । नेपालको संविधानले नै देह व्यापार सम्बन्धी प्रावधान उल्लेख गरेको छ, र जसमा नेपालको सीमा भित्र हुने कुनै पनि किसिमको देह व्यापारलाई गैरकानूनी भन्दै सजायको व्यवस्था गरेको छ । समाजको विकृतिको रुपमा लिइने भएपनि कतिपय स्थानमा परम्परागत देह व्यापारको रुपमा अहिले पनि जारी छ । सरकारले नेपालमा गैर कानूनी देह व्यापारलाई रोक्न जे जस्तो ऐन नियम तथा कानूनहरु बनाएको र कार्यान्वयन गरेको भए पनि त्यसले देह व्यापारमा कमी ल्याउनुभन्दा थप विकृति फैलाएको छ । त्यसैले मौलापुरमा देखिएको असामाजिक कार्य देह व्यापारलाई रौतहट प्रहरीले तुरुन्त नियन्त्रणमा लिई यस कार्यमा संलग्नलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउनु पर्दछ ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=AVYeiY8Xz58

 

 

Comment


Related News

Latest News

Trending News