२०७९ आश्विन ३, सोमबार १७:५१

सोमबार जनकपुरधाममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ ।

लोसपा नेपालले वर्तमान संविधानप्रति असंतुष्टि जनाउँदै जनकपुरधाममा कालो दिवस मनाएको छ । पार्टी कार्यालयबाट निस्केको जुलश जनकपुरधामको जनक चौकमा पुगेका थिए । जनकचौकमा कोणसभामा बोल्दै लोसपाका धनुषा अध्यक्ष परमेश्वर साहले राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रातिसम्म नागरिकता विधेयक प्रमाणिकरण नगरे आन्दोलन गर्ने चेनावनी दिए । उनले आफुहरु नागरिकता विधेयक प्रमाणिकरण नभए असोज ५ गतेदेखि राष्ट्रपति र वर्तमान सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।



यस्तै उनले वर्तमान संविधान सबैको मान्ने संविधान नभएसम्म आफुहरु कालो दिवस मनाइरहने बताए । अहिलेको संविधानलाई जारी गर्नेहरु देखि लिएर राष्ट्रपतिसम्मले नमानेको बताए ।

Comment


Related News

Latest News

Trending News