सविधान दिवसको अवसरमा विरगंज कारागारबाट महिला र पुरुष गरी ३८ जनाको बाँकी कैद मिन्हा गरी माफी पाएका छन् ।
माफी पाउनेहरु मा कर्तव्य जान मुद्दाका महिला ५ जना, ज्यान मारने उद्योगका पुरुष ८ जना र महिला १ जना रहेका छन् । यसैगरी चोरी मुद्दाका २ जना, डाँका मुद्दाका १ जना, सवारी ज्यानका ३ जना, किर्ते २ जना, काँठ चोरी १ जना र हाथहथियार खरखजाना १ जनालाई बाँकी कैद मिन्हा गर्री माफी दिएको बिरगंज कारागार श्रोतले जनाएको छ । कर्तव्य ज्यान मुद्दामा सजाय भोगी रहेका ने।क।पा एमालेका पुर्व सांसद राम चन्द्र प्यासीलाई पनि बाँकी कैद मिन्हा गरी माफी दिएको छ । संविधान दिवसको अवसरमा विरगंज कारागारमा माफी पाएका हरुको आफन्त जनहरु एकाबिहानै देखी कारागारको मुल ढोका अगाडी पर्खायीमा बसेको मा केहिबेर कारागार वरिपरिका सहायक सडकहरु अवरोध भएको थियो । विरगंज कारागारबाट माफी पाएका ३२ जना पुरुष र ६ जना महिलाहरु लाई कारागार प्रमुख मदन घिमिरेले अबिर
माला लगाई विदाई गर्नु भएको थियो ।
विरगंज कारागारमा महिला तथा पुरुष र आश्रित बालबालीका सहित १४ सय १२ जना कैदि बन्दिहरु रहेको कारागार प्रमुख मदन घिमिरेले जानकारी दिनु भएको छ ।