२०७९ आश्विन ४, मंगलवार ०६:१७

समानुपातिक चुनाव प्रणालीका लागि दलहरुले अबेर रातिसम्म निर्वाचन आयोगमा उम्मदेवारहरुको सूची बुझाएका छन् ।

आयोगले समानुपातिक तर्फका उम्मेदवारहरुको बन्द सूची बुझाउने अन्तिम म्याद सोमवारसम्म तोकेको थियो ।निर्वाचन आयोगमा दिउँसो २ बजेपछि दलहरुको भीड बढन थालेको थियो ।आयोगका अनुसार दलहरुले दर्ता गरेको नामहरुलाई मिलाउन मध्यरातिसम्म समय लाग्न सक्नेछ । निर्वाचन आयोगमा दर्ता भएका समानुपातिक उम्मेदवारहरुको नाम सच्याउन असोज १० गतेदेखि १६ गते सम्मको समय दिइएको छ ।२२ गते उम्मेदवारहरुको नाम सार्वजनिक गरिनेछ । समानुपातिक तर्फ प्रतिनिधि सभाको १ सय १० र प्रदेश सभाको २ सय २० सिट छ ।नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एसले सबै सिटमा उम्मेदवारी दिएको दाबी गरेका छन् ।

जनता समाजवादी पार्टी(जसपा)ले पनि प्रतिनिधि र प्रदेश सभाको सबै सिटमा उम्मेदवारी दर्ता गराएको कार्यकारिणी समिति सदस्य समेत रहेका प्रवक्ता मनिष सुमनले जनाए । ‘समानुपातिक तर्फको सबै सिटमा उम्मेदवारी दर्ता गरिएको छ ’ उनले भने, कलष्टर मिलाएर उम्मेदवार हरुको नाम दर्ता गरिएको छ ।तर लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले सबै सिटमा उम्मेदवारी दर्ता नगरिएको केशव झाले बताए ।

कांग्रेसबाट प्रतिनिधि सभाका लागि प्रधानमन्त्री पत्नी डा.आरजु देउवा, पूर्व उपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ, आनन्दप्रसाद ढुंगाना ,मुक्ता यादव, नगिना यादव लगायतका छन् ।निधि मधेशी कोटाबाट समानुपातिकमा परेका छन् । नेता निधिले जिल्लाबाट नै समानुपातिक तर्फ नाम सिफारिस गराएका थिए ।उनले चुनाव लड्ने गरेका धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट धनाढ्य परमेश्वर साहको नाम प्रत्यक्ष तर्फ प्रस्तावित गराएका छन् ।निधिको नाम समानुपातिक उम्मेदवारको सूचीमा निर्वाचन आयोगमा दर्ता भइसकेकाले कांग्रेसले महासेठलाई नै टिकट दिने संभावना बलियो छ ।

पाँच दलीय गठबन्धनमा रहेको माओवादी केन्द्रको भागमा धनुषाको निर्वाचन क्षेत्र नम्बर १ परेकाले ढुंगाना समानुपातिक तर्फ गएका छन् ।निधि र ढुंगाना २०७४ सालको प्रतिनिधि सभाको चुनावमा पराजित भएका थिए ।प्रथम राष्ट्रपतिका पुत्र डा.रामवरण यादवको ज्येष्ठ सुपुत्र डा.चन्द्रमोहन यादवको नाम पनि समानुपातिक सूचीमा राखिएको छ ।धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा टिकट खोजेका डा.यादवलाई समानुपातिक तर्फ उम्मेदवार बनाएपछि पार्टीका सहमहामन्त्री महेन्द्र यादवले पाँच दलीय गठबन्धनबाट प्रतिनिधि सभामा निर्विकल्प उम्मेदवार हुने भएका छन् । गठबन्धनबाट धनुषामा १ नम्बर एकीकृत माओवादी, २ नम्बर जसपा, ३ र ४ नम्बर प्रतिनिधि सभाको क्षेत्र कांग्रेसको भागमा परेको छ । एमालेले बुझाएको समानुपातिक सदस्यहरुको सूचीमा स्थायी कमिटी सदस्य रघुवीर महासेठ र पोलिटब्यूरो सदस्य जुली महतोलाई राखिएको छैन् ।उनीहरु दुबै जना प्रत्यक्ष तर्फ चुनाव लड्ने पक्का जस्तै भएकोछ । जुली महतो धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ र रघुवीर महासेठ निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने तयारी गरेका छन् ।

समानुपातिक तर्फ एमालेले गंगाराम यादवको नाम समावेश गरेको छैन् ।उनी स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।यादव चुनाव लड्ने धनुषाको निर्वाचन क्षेत्र २ मा एमालेले प्रवेश गराउन लागेका निवर्तमान प्रतिनिधि सभा सदस्य उमाशंकर अरगडियालाई टिकट दिने निश्चित छ ।मधेश प्रदेशमा अरगडिया एमाले अध्यक्ष केपी शर्मा ओलीका अति विश्वासपात्र मानिन्छन् ।

सो क्षेत्रबाट नेकपा एकीकृत समाजवादी(एस) का नेता रामचन्द्र झाको नाम सो पार्टीले समानुपातिकमा राखेको छैन् ।झाले गठबन्धनबाट टिकट नदिए पनि चुनाव लड्ने तयारीमा लागेका छन् ।गठबन्धनबाट सो क्षेत्र जसपाको भागमा परेको छ । एसबाट श्रीप्रसाद साह, रामचन्द्र यादव लगायतका नेताहरुको नाम प्रतिनिधि सभा तर्फको समानुपातिकमा राखिएको छ । मधेशमा विभिन्न दलहरुबाट एमालेमा धमाधम प्रवेश गरी समानुपातिक तर्फ नाम समावेश गराउने आकांक्षीहरु मध्ये अधिकांश निराश नै भएका छन् ।एमालेले पार्टीका पुरानाहरुलाई प्राथमिकता दिएका छन् ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=AVYeiY8Xz58

 

 

Comment


Related News

Latest News

Trending News