बस दुर्घटनामा परी गम्भीर घाइते भएका संचारकर्मी एवं माधव नारायण नगरपालिकाका कर्मचारी रवीन्द्र मंडलको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ । राजधानी दैनिक देखि लिएर विभिन्न संचारमाध्यम हुँदै गा वि स को प्राविधिक सहायकको रुपमा काम गर्दै आएका मण्डल अहिले जीवन र मृत्युसंग संघर्ष गरिरहेका छन् । मण्डल अहिले गौर अस्पतालमा रहेका छन् । नगरपालिका गठन भए पश्चात् भएको निर्वाचनपछि नगरपालिकामा पञ्जीकरण फाँटका जिम्मेवार लिदै नगरपालिकाका लागि एम्बुलेन्स बुझ्न काठमाण्डु गइ बुझेर फर्किने क्रममा माँ कल्याणी बस दुर्घटना हुँदै घाइते भएका थिए ।
२०७६ साल साउन ३१ गतेमा भएको दुर्घटनामा परी घाइते भएका मण्डल अहिले गम्भीर अवस्थामा पुगेका छन् । करिब ४ वर्षदेखि उपचार हँुदै आएको मण्डलको अवस्था निकै नाजुक भइ जीवन र मृत्युको संघारमा रहेका छन् । गाडी धनीले पहिलो पटक सहयोग गरेको पीडितका पत्नी मंजु देवी मण्डलले बताए । कÞानूनी कारवाही भए पनि गाडी साहु संजय साहले उपचार खर्च नदिएको दुखेसो रहेको छ । नगरपालिकाको स्थायी कर्मचारी भएको मण्डलको लागि पूर्व नगर प्रमुख वीरेन्द्र यादव र वर्तमान नगर प्रमुख बैजु यादव समेतले केही सहयोग नगरेको गुनासो गरे । उनले भने घटना भएदेखि उपचार गराउँदा गराउँदै भएको सम्पति पनि सकिएको छ , छोरा छोरीको कसरी व्यवस्थापन गर्नु चिन्ताले सताइ रहेको छ । बसका साहुमाथि कारवाहीको लागि दबाब सृजना गरी क्षतिपूर्ति दिलाउने कार्यमा सहयोग गर्न संचारकर्मीहरुलाई आग्रह समेत गरेकी छन् ।

