अपडेट 
२०७९ आश्विन ४, मंगलवार १६:३८

नेपालमा डेंगी बिरामीको संख्या साढे १७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउनदेखि हालसम्म देशभर डेंगीका बिरामीको संख्या १७ हजार ५९४ पुगेको छ ।

हालसम्म डेंगीका कारण २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशका ७७ मध्ये ७५ जिल्लामा डेंगीका बिरामी भेटिएका छन् । २०६१ सालमा पहिलो पटक नेपालमा डेंगीको बिरामी देखिएका थिए । त्यसपछि नेपालमा प्रत्येक वर्ष डेंगी देखिएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा बडी डेंगीका बिरामी बागमती प्रदेशमा देखिएका छन् । बागमतीमा हालसम्म १२ हजार ९४७ जनामा डेंगी देखिएको छ ।

यस्तै, प्रदेश १ मा ५६०, मधेश प्रदेशमा २६१, गण्डकीमा ४०९, लुम्बिनीमा २ हजार ६४३, कर्णालीमा २०७ र सुदूरपश्चिम प्रदेशमा ५६७ जनामा डेंगी देखिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News