अपडेट 
२०७९ आश्विन ५, बुधबार ०६:३१

गौर नगरपालिका वड़ा नम्बर १ का नीरज साहले विगत २३ वर्ष देखि निःशुल्क शिक्षा दिदै आएका छन् ।

गरिब जेहेन्दार, दलित समुदायको बाल बालिकाहरुलाई २०५६ सालदेखि साहले निःशुल्क रुपमा ट्युसन पढाउदै आएका छन् । आफ्नो घरमा ठाउँको आभाव भए पनि साहले गौर राइस मिलको घरमा उक्त समुदायको बाल बलिकहरुलाई निःशुल्क रुपमा अध्ययन गराउँदै आएका छन् । सामाजिक कार्यमा रूचि राख्ने साहले बाल विकासदेखि ८ कक्षा सम्मको बाल बालिकाहरुलाई थप शिक्षा दिदै आएका छन् । समाजमा पिछडिएका बर्ग समुदायको बाल बालिकालाई शिक्षामा अव्वल बनाउने उद्देश्यले आफूले यस्तो कार्य गर्दै आएको साहले बताए । गौर नगरपालिका वड़ा नम्बर १ का ३० बर्षीय साहले २०५६ सालदेखि यस्तो कार्य गर्दै आएका छन् ।

आर्थिक अभावमा विद्यालय जान नपाउने बाल बालिकाहरुलाई प्राथमिकताको साथ शिक्षा दिने कार्य गर्दै आएको उनले भने । ‘कपि ,कलम , सीसा कलम, किताब , इरेजर लगायतका शैक्षिक सामग्री समेत दिने गरेको उनले बताए ’ । नेपाली ,अंग्रेजी ,विज्ञान ,गणित ,सामाजिक व्याकरणसहित सामान्य ज्ञानको बारेमा अध्ययन गराउने गरेको साहले बताए ।

Comment


Related News

Latest News

Trending News