
जीवन र मृत्युसंग जुधि रहेका नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्व सचिव रविन्द्र मण्डलको उपचारका लागि नेपाल पत्रकार महासंघ रौतहट शाखाले ५१ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले महासंघ तत्काल ५१ हजार रुपैया सहयोग गरेको बताएका छन । गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले पीडि़त मण्डलका श्रीमती मंजू देवी मण्डललाइ चेक हस्तान्तरण गरेका छन् । महासंघको सम्पन्न कार्य समितिको बैठकबाट सहयोगको लागि थप पहल गर्ने , माधव नारायण नगरपालिकालाई आर्थिक सहयोग गर्न पहल गर्ने र बस धनीलाई थप आर्थिक सहयोग पीडि़त परिवारलाई गर्न आग्रह गर्ने निर्णय समेत गरिएको अध्यक्ष झा ले जनाए ।