अपडेट 
२०७९ आश्विन ५, बुधबार ०६:४५

नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएशन) जनकपुरधामको अध्यक्षमा डा. रामजी यादव निर्वाचित भएका छन् ।

नयाँ नेतृत्वको लागि जनकपुरधाममा सोमबार भएको निर्वाचनमा २९७ मत प्राप्त गरी डा. यादव अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी डा. अनिल ठाकुरले भने १३७ मत ल्याएका छन् । त्यसैगरी, १३ सदस्यीय नयाँ कार्यसमितको वरिष्ठ उपाध्यक्षमा डा. रामेश्वर महासेठ, उपाध्यक्षमा डा. अश्विनी कुमार झा, सचिवमा डा.राम ज्ञान यादव, कोषाध्यक्षमा डा. राजेश कुमार शाह, सह–सचिवमा डा. रतिश कुमार सिंह,सह–कोषाध्यक्षमा डा.अमित कुमार यादव निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा डा. विभाष गोइत , डा. विपिन कुमार यादव, डा. देव नारायण साह, डा. रबि रन्जन प्रधान, डा. ऋषिकेश प्रताप साह र विजय कुमार साह निर्वाचित भएका छन् । कुल मतदाता ५८२ रहेकोमा ४४९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । केही मतहरु बदरसमेत भएको थियो ।

Comment


Related News

Latest News

Trending News