अपडेट 
२०७९ आश्विन ५, बुधबार ०६:५८

दुई दिन अघि विश्वकर्माको मुर्ति सेलाउने क्रममा डुबेर बेपत्ता भएका एक युवकको मृत शरीर मंगलबार फेला परेको छ ।

सप्तरीको विष्णुपुर गाउँपालिका– ६ स्थित नहर किनारमा पहिचान खुल्न नसकेका अन्दाजी २५÷२६ वर्षीय युवकको मृत शरीर फेला परेको हो । नहर किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा ल्याइ घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । मुर्ति सेलाउने क्रममा आइतबार नहरले बगाएको ती युवकको सोही दिन प्रहरीले व्यापक खोजतलास गरेको थियो । तर, सो दिन फेला नपरेका उनको मृत शरीर भने मंगलबार घटनास्थलबाट दुईसय मिटर टाढा फेला परेको प्रहरी जनाएको छ ।

पहिचान खुल्न नसकेका ती व्यक्ति को हुन र कहाबाट आइ मुर्ति सेलाउनमा सहभागी भए भन्ने विषय बारे पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

please subscribe our official youtube channel and support us.

Comment


Related News

Latest News

Trending News