२०७९ आश्विन ५, बुधबार ०७:०२

विश्व आत्महत्या रोकथाम दिवस २०७९ को अवसरमा नाटकको माध्यमले आत्महत्या रोकथाम सम्बन्धी जनचेतना फैलाउने बालकलाकारहरुलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सम्मान गरेको छ ।

मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी मकसुद आलम खाँले मंगलवार कार्यालयमा आयोजित एक कार्यक्रमबीच ती बालकलाकार हरुलाई प्रशंसा पत्र वित्तरण गर्दै सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा डिआईजी खाँले स–साना विवाद तथा असंतुष्टि, रिस आवेगमा आएर आफ्ना जीवनलाई समाप्त गर्ने कार्य कायरतापूर्ण रहेको बताए । समस्या हरेक व्यक्तिको जीवनमा हुन्छ,डिआईजी खाँले भने,‘तर समस्यालाई समाधान गर्ने बाटो तिर अगाडि बढ्नुपर्छ, आफूसँग समस्याको निदान नभएर अभिभावक, गुरुवर्ग, साथीहरुसँग सहयोग लिएर समाधान गर्न सकिन्छ । तर समास्याको समाधान नखोज्दै आवेग र झोकमा आत्महत्या गर्नु कुनैपनि हिसाबले उपयुक्त छैन ।’



कार्यक्रममा आत्महत्या रोकथाम सम्बन्धी जनचेतनामूलक नाटकमा विभिन्न भूमिका प्रदर्शन गरेका बालकलाकारहरुलाई डिआईजी खाँले प्रशंसा समेत गरे । कार्यक्रममा महिला तथा बालबालिका अधिकारकर्मी सुभद्रा आलेलाई समेत सम्मान गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News