
कमला नगरपालिका वडा नम्बर – ५ लक्कडमा विभिन्न पार्टी परित्याग गरी दर्जनौ कार्यकर्ता जनता समाजवादी पार्टी मा प्रवेश गरेका छन्।
वडा अध्यक्ष जितेन्द्र कुमार यादवको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी राजनीतिक समिति सदस्य अरुण सिंह र विशिष्ट अतिथि प्रदेश सांसद तथा मुख्य सचेतक शैलेन्द्र कुमार यादवले अबिर र दोसल्ला ओढाई नवप्रवेशीहरुलाई प्रवेश गराएका थिए । उक्त कार्यक्रममा मुख्य सचेतक यादवले नेपालमा मधेश प्रदेश नै एउटा यस्तो प्रदेश हो जसले सबभन्दा पहिले दलित आयोगको गठन गरेको बताए । उनले मधेशमा जन्म हुने हरेक बेटी लखपतिया बेटी हुनेछन् किनकि मधेश प्रदेशमा जन्म लिने हरेक बेटीको वीमा मधेश प्रदेश सरकारले गर्दै आइरहेको जानकारी दिए ।
कार्यक्रममा देवेन्द्र खिर हर,जसपा जिल्ला सदस्य ईशराफिल अन्सारी,कमला नगर सदस्य नागेन्द्र यादव, समाजवादी युवा संघ कमला अध्यक्ष राम कुमार साह , समाजवादी ट्रेड युनियन महासंघ प्रदेश स–सचिव सभ्य यादव, समाजवादी नेता राजदेव महरान, कमला नगर युवा सचिव उमेश विराजी, जगत रान, राजेन्द्र मण्डल लगायत स्थानीय वुद्धिजिवी, किसान, महिला, युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
please subscribe our official youtube channel and support us.