२०७९ आश्विन ५, बुधबार ०७:५५

नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले भाञ्जी समेत समानुपातिकबाट प्रतिनिधि सभामा जाने मार्ग रोजेका छन् ।उनले ठेकेदार र उद्योगपतिहरुलाई प्राथमिकतामा राखेका छन् । कांग्रेसले सोमवार निर्वाचन आयोगमा बुझाएका समानुपातिक उम्मेदवारहरुको सूचीमा प्रतिनिधि सभातर्फ निधि मधेशी कोटाको नम्बर १ मा रहेका छन् ।मधेशी महिलाबाट उनले आफ्नै भाञ्जी निलु कर्णलाई ३ नम्बरमा राखेका छन् ।

काठमाण्डुमा शिक्षण पेशामा रहेकी कर्णलाई निधिले प्रतिनिधि सभामा लग्ने पक्का नै भएको छ ।मधेशी महिलाबाट कम्तीमा ४ जना पर्न सक्ने अनुमान गरिएको छ ।स्रोतका अनुसार नेता निधिले प्रतिनिधि सभामा २ सिट समानुपातिक तर्फ मात्र पाएका छन् । मधेशी महिला कोटाबाट प्रतिनिधि सभाका लागि १ नम्बरमा मुक्ता यादव र २ नम्बरमा नगिना यादव रहेको स्रोतले जनाएका छन् । स्रोतका अनुसार उनले मधेश प्रदेशमा पनि उतिकै सिट समानुपातिक तर्फ पाएका छन् ।निधिले मधेश प्रदेशको समानुपातिक तर्फ उद्योगपति प्रदीप कुमार चौधरी र ठेकेदार सुनिल झॉमिन्टन’ लाई उम्मेदवार बनाएका छन् । मिन्टन उनका ठेकेदार साझेदार रहेको बताइन्छ । नेता निधि समानुपातिक तर्फबाट प्रतिनिधि सभामा जाने भएसँगै उनी चुनाव लड्ने धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ बाट धनाढ्य परमेश्वर महासेठको नाम प्रतिनिधि सभामा प्रत्यक्ष लड्नेमा सिफारिस गरिएको छ । कांग्रेसमा बहालबला समानुपातिक प्रदेश र प्रतिनिधि सभासदस्यलाई नदोह¥याउने निर्णय गरेको कारण निधिका सहयोगी ओमप्रकाश शर्मा यस पटक पर्न सकेनन् ।शर्मा मधेश प्रदेश सरकारमा खानेपानी मन्त्री रहेका छन् ।वीरगञ्जमा उनी कुख्यात सुनचाँदी तस्करको रुपमा चिनिन्छन् । संस्थापन पक्षमा रहँदा निधिले प्रतिनिधि र प्रदेश सभामा धेरै सिट पाउने गरेका थिए ।तर यस पटक उनी सो खेमाबाट अलग्गिएको कारण प्रतिनिधि र प्रदेश सभामा २/२ सिट पाएको स्रोतले जनाएका छन् । उनी जतिकै सिट कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पाएका छन् ।

धनुषा कांग्रेसबाट २ पटक संविधान सभामा निर्वाचित भएका रामकृष्ण यादव समानुपातिक र प्रत्यक्ष दुबै नै समावेश हुन सकेका छैनन् ।तर प्रथम राष्ट्रपति डा.रामवरण यादवका पुत्र डा.चन्द्रमोहन यादव मधेशी कोटाबाट प्रतिनिधि सभामा समानुपातिक तर्फको उम्मेदवार बनेका छन् । डा.यादव गत चुनावमा प्रदेश सभा सदस्यमा पराजित भएका थिए । नेता निधि, डा.यादव लगायत समानुपातिक तर्फ लागेपछि प्रत्यक्षमा भिड्ने आँट गरेका धनुषाका कांग्रेस नेताहरुको अवस्था उच्च जोखिममा रहेको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’ बाट प्रदेश सभामा लड्ने तयारीमा जुटेका कांग्रेसका नेता एवं मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा लड्ने तयारी गरेका महेन्द्र यादवको जोखिम बढेको छ । कांग्रेसको संगठनात्मक अवस्था धनुषामा कमजोर नरहे पनि अन्तरघात हुने त्रासले नै निधि प्रत्यक्ष चुनावबाट पलायन गरेको बताइन्छ । उनी गत चुनावमा पनि भारी अन्तरघातको शिकार भएका थिए ।यस चुनावमा उनले एमालेकी नेतृ जुली महतोसित भिड्दा अन्तरघात भएर पराजित हुने निश्चित रहेको रिर्पोट आएपछि समानुपातिक तर्फको सहज मार्ग रोजेको उनका निकट् सहयोगीहरुले जनाएका छन् । २०७४ सालको आम निर्वाचनमा ३ हजार मतले तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा)का उम्मेदवार राजेन्द्र महतोबाट पराजित भएका निधि यस चुनावमा पाँच दलीय गठबन्धनबाट समेत जित्न सक्ने आँट गर्न सकेनन् ।

मधेश प्रदेशमा कांग्रेस जिताउने अभियान भन्दा हराउने अभियान प्रभावकारी हुन सक्ने आकलन एमालेका नेताहरुको छ ।गठबन्धनको कारण टिकटबाट बञ्चित भएका कांग्रेसका नेताहरुमा चरम असन्तुष्टि देखिएको छ ।हुनत यो हरेक दलमा देखिए पनि कांग्रेसका ठूला नेताहरु ओझेलमा परेका छन् । नेता निधिले गरेको सिफारिसमा उनीसँगै रहेका कांग्रेसका सक्रिय नेता, कार्यकर्ताहरु समेतलाई उपेक्षा गरेका छन् ।आफू भाञ्जी र आफ्ना व्यवसायिक साझेदारहरुलाई प्राथमिकतामा राखे पनि उनको गुटमा चरम असन्तुष्टि भएको बताइएको छ ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=4THq6bYiWdg

 

Comment


Related News

Latest News

Trending News